राम जानकी विवाह पञ्चमीमा सहभागीलाई मास्क अनिवार्य

जनकपुरधाम, २० मंसिर । धनुषामा राम जानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुनेका लागि मास्क अनिवार्य गरिएको छ । कोरोना भाइरस विरुद्ध स्वास्थ्य सतर्कता अपनाउन मास्क अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

‘अहिले नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरिसकेको अवस्थामा संक्रमणबाट बच्न थप स्वास्थ्य सतर्कता अपनाउनुपर्ने हुन्छ’ उनले भने–‘यसकासाथै महोत्सवमा सहभागी हुन आएका श्रद्धालुलाई करिव ४ लाख व्यक्तिलाई मास्क वितरण कार्य थालिएको छ ।’

विवाहपञ्चमीको मुख्य दिन भारत र नेपालबाट हजारौंको भिडमा सहभागी हुन आउने भन्दै संक्रमण फैलिन सक्ने अनुमान गरिएको छ ।

नेपाल र भारतमा कारोना भाइरसको नयाँ भेरियन्टसमेत फेला परेको हुनाले सचेतना अपनाइएको उनको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस