मानव अधिकार, मानव जीवनका लागि अत्यावश्यक: मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारको संरक्षण मानव जिवनको लागी अत्यावश्यक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मानवलाई समान्य जीवन यापनका लागि समेत मानव अधिकारको प्रत्याभूति हुनु आवश्य रहेको उल्लेख गरेको थियो ।

मानव अधिकार संरक्षणको लागी प्रदेश सरकार सदैव तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउत मानव अधिकारबाट बंचित समाजका उत्पिडित वर्गहरुको लागी प्रदेश सरकार एक पछि अर्को कार्यक्रमहरु ल्याइ रहेको दावी गरे । अशिक्षा र बेरोजगारीका कारण मानव अधिकारबाट बंचित महिला , दलित मुस्लिम लगायतका समुदायहरुकोलागी प्रदेश सरकारले अग्रपक्तिमा रहेको काम गरे पनि अपांग र यौनिक अल्प संख्यकहरुकोलागी चाहदा चाहदै पनि उल्लेखनीय कामगर्न नसकेको भन्दै दुख समेत व्यक्त गरे ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा उच्च अदालत जनकपुरका न्यायाधिश हरि प्रसाद बगाले, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, डिआइजी उमेश रंजितकार, संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधि नरेन्द्र मिश्र, एडभोकेसी फोरमका राजकुमार महासेठ, अपांग महासंघका किरण पासवान सहितका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780