कृषि विश्वविद्यालयको स्थापनाले आमूल परिवर्तन ल्याउँछ : मन्त्री साह

राजविराज, २७ मंसिर । प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले कृषि विश्वविद्यालयको स्थापनाले यहाँको कृषि क्षेत्रमा आमूल परिवर्तन हुनुका साथै सामाजिक विकासले पनि गति लिने बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका–४ स्थित भथौलमा सोमबार शिव शनि मन्दिरको शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘राजविराजमा भइरहेको कृषि विश्वविद्यालयको स्थापनाले यहाँको विकासले गतिलिनेछ’ उनले भने–‘ आजै उद्घाटन हुन लागेको कृषि विश्वविद्यायको स्थापनाबाट यहाँको कृषि क्षेत्रमा आमूल परिवर्तन हुनुका साथै सामाजिक विकासले पनि गति लिनेछ ।’

अहिलेको संसार प्रविधि र प्राविधिक बाट चलिरहेको उल्लेख गर्दे उनले परम्परागत खेती अहिले पनि भईरहेको कारण यो क्षेत्रमा समाजिक विकास हुन सकेको बताए । ‘अहिले न प्रविधि छ न प्राविधिक, तर कृषि विश्वविद्यालयको स्थापना पश्चात प्रविधि र प्राविधिक दुवै हुन्छ अनि आधुनिक प्रविधिबाट खेती हुन्छ, त्यसपछि समाजको विकासले गति लिन्छ’ मन्त्री साहले भने ।

प्रदेश नम्बर २ मा ८० प्रतिशत नागरिक कृषिमा निर्भर रहेको बताउँदै उनले आफू कृषि मन्त्री हुँदा अथक प्रयास गरेरे कृषि विश्वविद्यालयको अवधाराणा ल्याएको स्पष्ट पारे । कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले यो क्षेत्रबाट उच्च राजनीति पहुँच भएका नेता भएको कारण विकास हुन नसेको बताए । उनले वर्षायाममा रुपनी वडा नम्बर ४ मा एम्बुलेन्स समेत पुग्न नसकिने भएकोले बाटो निर्माणका लागि पहल गरि दिन मन्त्री साह संग आग्रह गरे ।

गाउँपालिकाका अध्यक्ष हरेराम यादवले संघीय सरकारबाट भएपनि बजेटका लागि पहल गरि यो क्षेत्रमा बाटोको विकास गर्नु अपरिहार्य रहेको बताए । उनले रुपनी गाउँपालिकाको वडा नम्बर २ पौंवा देखि वडा नम्बर ४ छपकी भथौल सम्मको बाटो निर्माणमा सहयोग गरिदिन मन्त्री संग आग्रह गरे ।

गाउँपालिकाको बजेटबाट कुल ३ लाखको लागतमा निर्माण हुन लागेको सो मन्दिरको मन्त्री साह र आम सञ्चार प्राधिकरणका अध्यक्ष यादवले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

यसैबीच मन्त्री साहले वडा नम्बर ४ स्थित आधारभूत विद्यालय छपकी भथौलको निरिक्षण गरेका छन् । विद्यालयका प्रधानाध्यापक बालकृष्ण यादवले विद्यालयको वाउण्ड्री वाल निर्माण गरिदिन मन्त्री संग आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780