…अन्यथा निर्वाचन जस्तो कार्यमा बाधा पुग्नसक्ने

जनकपुरधाम, १६ माघ । जनता प्रगतिशील पार्टी नेपालले सत्तापक्ष गठबन्धनद्वारा स्थानीय तहको निर्वाचन आगामी जेष्ठसम्म सम्पन्न गराउने प्रतिवद्धता स्वागतयोग्य रहेको बताएको छ ।

पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आज विज्ञप्ति जारी गर्दै संवैधानिक र कानूनी अस्पष्टता अनगिनत संख्यामा रहेको भन्दै सो तथ्य प्रति ध्यानाकर्षण गराएका हुन् ।

‘किस्ताबन्दीमा तत्कालिनरुपले समस्या हल गर्ने प्रवृत्तिले समस्या समाधान दिँदैन’ विज्ञप्तिमा भनिएको छ, ‘अपितु पञ्छ्याउने कार्य मात्र गर्दछ । यस प्रकारको शुतुरमुर्गे प्रवृत्ति कुनै समयमा घातक सावित हुनसक्ने प्रति समेत गराउन चाहन्छु ।’

विज्ञप्तिमा स्थानीय तहको नामकरण र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिशमा तत्कालिन प्रदेश २ को मधेश प्रदेशमा मात्रै कार्यान्वयन भएको उल्लेख छ ।

‘प्रदेश १, लुम्बिनी र सदुरपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन भएको छैन । तसर्थ आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिश प्रदेश १, लुम्बिनी र सदुरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गरियोस् भनि जनता प्रगतिशील पार्टी नेपालको जोडदार माग छ’ विज्ञप्तिमा भनिभएको छ, ‘अन्यथा निर्वाचन जस्तो कार्यमा बाधा समेत पुग्नसक्ने परिस्थिती सृजना हुनसक्ने तथ्य प्रति सचेत गराउन चाहन्छु ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780