सप्तरीमा कोरोनाको तेस्रो लहर : ४ जनाले ज्यान गुमाए

राजविराज । सप्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो पटक राजविराज नगरपालिका-१५ का एक पुरुषको मृत्यु भएपछि मृत्यु हुनेको संख्या चार पुगेको हो ।

बिरामी परेका उनको धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उपचारको क्रममा माघ १४ गते पिसिआर परीक्षण गराउँदा १५ गते कोभिड पोजेटिभ आएको थियो । सोही दिन उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

योसँगै कोरोनाको तेस्रो लहर सप्तरीमा संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।
रुपनी गाउँपालिका वडा-१ की ७६ वर्षीया एक महिलाको, बिष्णुपुर गाउँपालिका-७ का एक पुरुष र रुपनी गाउँपालिका-१ कै एक महिलाको कोभिड संक्रमणकै कारण मृत्यु भएको छ ।

Author:

क्याटोगरी छान्‍नुहोस