एकैदिन १२ जनाको मृत्यु, थपिए ३,६३७ संक्रमित

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६३७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ११ हजार ५८२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभरबाट सात हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।

अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस