प्रदेश सरकारद्वारा आफ्नै स्थायी संरचना निर्माण गर्ने तयारी

जनकपुरधाम, १९ माघ । मधेश प्रदेश सरकारले आफ्नै स्थायी संरचना निर्माण गर्ने तयारी थालेको छ । जसका लागि जग्गा खोज्न मन्त्रीस्तरीय अध्ययन तथा व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव र आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह छन् ।

समितिले भवनसहितका स्थायी भौतिक संरचना निर्माण गर्न जग्गा खोजीदेखि प्राविधिकसहित बजेट स्रोत व्यवस्थापन गर्नेछन् ।

समितिले नै विभिन्न प्राविधिक र अर्थ विज्ञसहितका व्यक्तिलाई राखेर विज्ञ समिति पनि गठन गर्ने प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री साहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस