महोत्तरीमा माघ २४ गतेदेखि विद्यार्थीलाई मोडर्ना खोप लगाइने

महोत्तरी । महोत्तरीमा माघ २४ गतेदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार विद्यालयहरुलाई मोडर्ना खोप लगाइने तयारी गरिएको हो ।

माघ २४ देखि २८ गतेसम्म मट्टीहानी, बल्वा, जलेश्वर, लोहारपट्टी, मनरासिस्वा, पिपरा, महोत्तरी र एकडाराका विद्यालयमा खोप लगाउने निर्णय भएको छ भने सम्सी, रामगोपालपुर, बर्दिवास, भंगाहा, गौशाला, औरही र सोनामामा फागुन २ देखि ६ गतेसम्म लगाइने स्वास्थ्य कार्यालयका प्रवक्ता लक्ष्मेश्वर झाले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस