मधेशमा हावाहुरीले दुई बालबालिकासहित तीन जनाको मृत्यु

जनकपुरधाम । हावाहुरीका कारण धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालय परिसरमा रहेको रुख ढलेर किच्दा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा ७ वर्षिय अरबन्दी सदा र ८ वर्षीया प्रतिमा कुमारी सदा छन् । मसालको रुख ढलेर दुबैजनाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । उता, रौतहटको बौधीमाई नगरपालिका–१ मा पनि हावाहुरीले ईट्टाको घर खस्दा एक महिलाको मृत्यु भएको छ । घर खस्दा स्थानीय ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस