मुलुकभर २ हजार ५२६ संक्रमित थपिए, ८ हजार ४२५ संक्रमणमुक्त

जनकपुरधाम, २१ माघ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनामा नमुना परीक्षण गर्दा २ हजार ५२६ संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ । सोही अवधिमा ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, २४ घण्टामा १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ५६ हजार २४५७ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस