आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित

जनकपुरधाम, २५ माघ । स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि आज (मंगलबार)बाट स्थगित गरेको छ ।

हिजो (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने निर्णय गरेको हो । निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि सो कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए ।

आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ । कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन ।

सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । हालसम्म देशभर एक करोड ९० लाखले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।

Author:



क्याटोगरी छान्‍नुहोस