जलेर महिलाको मृत्यु प्रकरणः राष्ट्रिय महिला आयोगको ध्यानाकर्षण

उमेश कुमार साह
बोदे बरसाईन (सप्तरी), २५ माघ । आफ्नै देवरले पेट्रोल छर्केर आगो लगाएपछि सप्तरीमा एक महिलाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय महिला आयोगको ध्यानाकर्षण भएको छ । आयोगको टोलीले सोमवार घटनास्थल पुगेर पीडित परिवारसँग जानकारी लिएका छन् ।

आयोगकी अध्यक्ष कमला पराजुली, सदस्य जया घिमिरे, सप्तरीका एसपी अविनारायण काफ्ले, मानव अधिकारकर्मी रेणु कर्ण लगायतका टोलीले मृतक राजकुमारीका पति रविन कुमार साहसँग जानकारी लिएका हुन् ।

सोही क्रममा आयोगकी अध्यक्ष पराजुलीले दोषीलाई कानुन बमोजिम कार्बाही गराउने प्रतिवद्धता व्यक्त गरिन् ।

गत शुक्रवार जिल्लाको बोदे बरसाईन नगरपालिका–१ धनगढीका २० वर्षीय प्रमेश्वर साहले आफ्नै भाउजू ३० वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । घरमै रोटी पकाइरहेकी रामकुमारीमाथि पेट्रोल छर्केर आगो लगाएपछि जलेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो ।

सोही क्रममा उनको गत शनिवार मृत्यु भएको थियो । रामकुमारीको मृत्यु भएसँगै प्रमेश्वर फरार छन् । मृतक रामकुमारीका ८ वर्षीय छोरा जितेन्द्र र वर्षीया छोरी आरती छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस