एसईई बैशाख ९ गतेदेखि गर्ने निर्णय

जनकपुरधाम, २६ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा बैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षाको समय तालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बोर्डले बताएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा लिन लागेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस