राम्रा परम्परालाई संरक्षण र नराम्रालाई निर्मुल गर्नुपर्नेमा जोड

प्रिया सिंह थारु
सप्तरी, २६ माघ । समाजमा भएका राम्रा परम्परालाई संरक्षण गर्नु र नराम्रालाई निर्मुल गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । बुधबार सप्तरीको राजबिराजमा आयोजित समाजमा विद्यमान हानिकारक अभ्यासहरु (बालविवाह, तिलक, दाइजो प्रथा, बोक्सीको आरोप लगायतका प्रथाहरु) सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको प्रमुख अतिथिमा भएको कार्यक्रममा एउटी महिला कहिले स्वतन्त्र हुँदैन, कुमारीमा बुवाको निगरानी, बिहेपछि पतिको निगरानी र बुढेसकालमा छोराको निगरानीमा बस्नुपर्ने सदियौंदेखिको परम्परा चलिआएको वक्ताहरुले बताए ।

कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले मधेस प्रदेश सरकारले केहि नगरेको भइरहेको आलोचनाको जवाफ दिँदै ३६ हजार छात्राहरुलाई साइकल वितरण गर्दा उनीहरुको आत्मबल बढेको बताए । ‘मधेस प्रदेश सरकारले लोकसेवा आयोगमा ५० प्रतिशत महिलाको समावेशीता, करिव सय वटा विद्यालय महिलामैत्री संचालन, छोरीहरुलाई आत्मरक्षाका लागि तालिम, प्रहरीमा ५० प्रतिशतसम्म महिला सहभागीता लगायतका नीति निर्धारण गरेको छ’ उनले भने–‘समाजिक संजालबाट महिलाहिंसा वृद्धि भइरहेकोप्रति सचेत र रोकथामतिर लाग्नुपर्ने पनि आजको आवश्यकता हो ।’

राष्ट्रिय महिला आयोग भद्रकाली प्लाजा काठमाडौको आयोजनामा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको समन्वयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, इन्सेक सदस्य बैधनाथ झा, अधिवक्ता डोमन साह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले मन्तव्य राखे ।

कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहर पोखरेलद्वारा प्रस्तुत कार्यपत्रप्रति पत्रकारहरु सुधा देव, अवधेश झा, करुणा झा, बृजमान तमाङ, दिनानाथ यादव, अधिवक्ताहरु ममता चौधरी, मिना देव, प्रतिमा देव लगायतले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सहभागीहरुले हिंसा मुक्त समाज सभ्य समाजको आधार हो, लैङ्गिक भेदभाव, हिंसा र दुर्ववहाररहित न्यायपुर्ण समाजको निर्माणमा ऐक्यबद्धता जनाउँदै समाजमा बिद्यमान हानिकारक अभ्यासहरु (बालविवाह, दाइजो, तिलक, लिङ्ग पहिचान सहितको गर्भपतन, बोक्सीको आरोप, जातिय छुवाछूत र विभेद आदि ) र महिलामाथि कुन पनि हिंसा हामी गर्दैनौं, सहन्नौं र भएमा प्रतिकार गर्ने सामुहिक प्रतिबद्धतामा हस्ताक्षर समेत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस