सप्तरीमा कति पुगे मतदाता ?

राजविराज, २८ माघ । सप्तरीमा ६० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । २०७७ पुस ५ गतेपछि भएको नयाँ नाम दर्ता र अद्यावधिक विवरण अनुसार जिल्लामा ६० हजार ७ सय ६५ जना मतदाता थपिएका हुन् ।

जसमा ३० हजार ४ सय २८ महिला र ३० हजार २ सय ३७ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार थपिएका मतदातामध्ये ३ हजार ८ सय २४ जना मतदाताको नाम दोहोरिएका छन् ।

दोहोरिएका मतदाताको नामसहितको विवरण हटाउने कार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै निर्वाचन आचारसंहिताअनुसार मतदाता नामावली संकलन कार्य रोकिएकाले दोहोरिएका मतदाताहरुको नाम हटाउने कार्य भइरहेको कार्यालयले जनाएको छ ।

हाललाई सप्तरीमा २ लाख ३ हजार ५ सय ६२ महिला, २ लाख २१ हजार १ सय २५ पुरुष र २२ जना तेश्रो लिङ्गी गरी कुल ४ लाख २४ हजार ७ सय ९ जना मतदाता कायम भएका छन् । यद्यपी, सो नामावलीमा अन्य त्रुटिहरु सच्याएर केन्द्रबाट अन्तिम नामावली प्रकाशन हुने कार्यालयले जनाएको छ ।

सप्तरीमा यसअघि भएको निर्वाचनको बेला १ लाख ६६ हजार २ सय ६ महिला, १ लाख ७९ हजार ९ सय ८७ पुरुष र २१ तेश्रो लिङ्गी गरी कुल ३ लाख ४६ हजार २ सय १४ जना मतदाताको संख्या रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार