स्थानीय निर्वाचन तयारी : ‘फास्ट ट्रयाक’ले खर्च बढाउने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ९२ दिन मात्र बाँकी रहेकोले ‘फास्ट ट्रयाक’ मा तयारी अगाडि बढाउनुपर्ने भएकोले खर्च बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको तयारीका लागि आवश्यक ५३ वटा क्रियाकलापका लागि सामान्यतयाः १ सय २० दिन चाहिन्छ । तर, सरकारले निर्वाचनका तयारीका लागि ९४ दिन मात्र रहने गरी निर्वाचनको मिति घोषणा गरेकोले तयारी फास्ट ट्रयाकमा अघि बढाउनुपर्ने आयोगको भनाइ छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक पर्ने समयको झण्डै २५ प्रतिशत जति समय कटौती भएकोले आवश्यक सामान खरिदका लागि प्रतिस्पर्धा गराउन नसकिने अवस्था आएको बताए । खरिदका लागि कानूनी प्रक्रियाअनुसार ३० दिनको म्याद दिनुपर्ने ठाउँमा आयोगको ऐनको दफा प्रयोग गरेर १५ दिन, २० दिन अथवा १० दिनको समय दिएर प्रतिस्पर्धा गराउनुपर्ने भएकोले मूल्य बढी पर्नसक्ने आयोगले जनाएको छ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780