रौतहट । रौतहटमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको २१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । गरुडा नगरपालिकामा भएको कार्यक्रममा दलित अगुवाहरूको भेलाले सोनेलाल रामको अध्यक्षतामा कार्यसमिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा बिन्दा राम, सचिवमा सुब्बा साहेव पासवान, प्रवक्तामा पुनित राम छन् भने सदस्यहरुमा सर्मिला परियार, उदयनारायण राम, प्रकाश माझी, शोशिला देवी, राजकली राम लगायत सर्वसम्मतले चयन भएका हुन् ।
नगरपालिकाका जननिर्वाचित बिन्दा रामको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा अभियानका केन्द्रीय संयोजकद्वय राजेश विद्रोही र खगेन्द्र सुनार लगायतको उपस्थिती थियो ।