आजदेखि रेल सञ्चालन हुँदै, तत्काल यात्रु नराखिने

जनकपुरधाम । लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने

जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

महाप्रन्धक झाले अव रेल सञ्चालनमा कुनै अवरोध नहुने गरी आइतबारदेखि रेल सञ्चालन हुने दाबी गरे । रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रक नजिक रहेका हाट बजारहरू समेत खालि गराई सकेको छ । आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगर सम्म रेल ओहोरदोहोर गरिने बताए ।

‘आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुन्छ’, महाप्रबन्धक झाले भने, ‘तर, तत्काल हामी बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन गर्छौ, हप्ता १० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्छौ ।’ नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780