प्रधानन्यायाधीशमाथि महाभियोगबारे जसपालाई छैन जानकारी

जनकपुरधाम । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता गरिएको महाभियोगबारे पार्टीलाई जानकारी नभएको सत्तारुढ गठबन्धनको एक घटक जसपाका नेताहरूले बताएका छन्।

जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले आफ्नो पार्टीमा त्यसबारे कुनै सरसल्लाह, छलफल नभएको बताए। ‘जसपाको पनि समर्थन छ भनिएको छ रे तर हामीले यसबारे समाचार पढेर मात्र जानकारी पायौँ,’ खतिवडाले आयोमेलसँग भने, ‘यसबारे शीर्ष नेताहरूलाई नै सोध्नुपर्छ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ताबारे अनभिज्ञता प्रकट गरे। ‘म काठमाडौं बाहिर छु। यसबारेमा मलाई जानकारी छैन,’ यादवले भने।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780