वैशाख २९ सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने भएपछि ‘दुई लाख मतदाता थपिने’

जनकपुरधाम । आगामी २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताहरूले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुग्ने मतदाताले मतदानमा सहभागी हुन पाउने निर्णय गरेको हो ।

वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुनेले मतदान गर्न पाउने ‘कट अफ डेट’ राख्दा दुई लाख युवा मतदाता थपिने आयोगले जनाएको छ । आयोगले अहिले एक कराेड ७९ लाख मतदाता रहेको अनुमान गरेको छ ।

यसअघि निर्वाचन घोषणा भएको मितिलाई कटअफ डेट मानेर निर्वाचनमा सहभागी गराउने गरेको थियो । निर्वाचनको मिति घोषणा भएदेखि निर्वाचन नहुँदासम्मको अवधिमा उमेर पुगेकाले मतदान गर्न छुट्ने गरेका थिए । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदैछ ।

Author:



क्याटोगरी छान्‍नुहोस