देशभर ५२१ संक्रमित थपिदा झण्डै ४ हजार जना निको भए

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११५ जनामा कोरोना परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ६ हजार ३७ जनाको पीसीआर र ४ हजार ७८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४२७ र एन्टिजेन परीक्षणबाट ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

सोही अवधिमा ३ हजार ९३५ जना निको भएका छन् । त्यस्तै, २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८९२ पुगेको छ । अहिले देशभर २२ हजार ५८४ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस