मधेसले एकता र जागरणको सन्देश दियो : प्रचण्ड

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशले एकता र जागरणको सन्देश दिएको बताएका छन् ।

आइतबार मधेश प्रदेशले आयोजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब अन्य प्रदेश र संघीय सरकारले पनि यसको अनुशरण गर्नुपर्ने बताए ।

‘मधेसले एकता र जागरणको सन्देश दियो,’ उनले भने, ‘अब सबै प्रदेश सरकार र संघीय सरकारले पनि या त मधेसको अनुशरण गर्नुपर्छ नत्र भने अप्ठ्यारोमा पुग्नु पर्ने । यो सन्देश आज मधेसबाट गएको छ ।’

कार्यक्रममा माओवादी युद्धका सहिदलाई सम्मान समेत गरिएको थियो । प्रचण्डले मधेश प्रदेशले नामकरण र जनयुद्ध दिवस मनाएर रेकर्ड कायम गरेको भन्दै यसले अन्य प्रदेशलाई समेत चुनौती दिएको बताए ।

‘मधेस प्रदेशको नामाकरणले रेकर्ड दियो, आज जनयुद्ध दिवसको आयोजना गरेर अर्को रेर्कड राख्नुभयो,’ प्रचण्डले भने, ‘अरु प्रदेशलाई पनि तपाईंहले चुनौती दिनु भएको छ- बलिदानलाई कसरी बुझ्ने भनेर ।’

प्रचण्डले कार्यक्रममा मधेसको नागरिकता समस्या समाधान र मधेसको भावना समेट्ने गरी संविधान संशोधन गर्न लागि पर्ने समेत प्रतिवद्धता जनाए ।

Author:



क्याटोगरी छान्‍नुहोस