एमाले संसदीय दलको बैठकः सर्वोच्चका न्यायाधीशहरुविरुद्ध महाअभियोग लगाउनेबारे छलफल

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक शुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा सुरू भएको बैठकमा सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध लगाएको महाअभियोगको सामना गर्नेबारे निर्णय गर्ने बताइएको छ ।

एमालेले हिजै प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रतिरोध गर्ने घोषणा गरिसकेको छ । संसदीय दलको बैठकले सर्वोच्च अदालतका अन्य न्यायाधिसहरुमाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने या नगर्ने भन्ने समेत निर्णय गर्ने जनाइएको छ।

हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा सभामुख अग्नी सापकोटासहित सर्वोच्च अदालतका कायमकुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, ईश्वर खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईलाई समेत महाअभियोग लगाएर काउण्टर गनुपर्नेबारे छलफल भएपनि संसदीय दलको बैठकबाट निर्णय गर्ने निष्कर्ष निकालिएको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस