२४ घण्टामा ७४७ संक्रमित थपिए, ८ जनाको मृत्यु

जनकपुरधाम, २ फागुन । देशभर पछिल्लो २४ घण्टामा ७४७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ र २ हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, २४ घण्टाको अवधिमा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको जनाएको छ । सोही अवधिमा २ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २० हजार ७३९ सक्रिय संक्रमित छन् ।

हाल १९ हजार ९३० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ८०९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हाल १७८ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस