प्रदेशमा सुशासन कायम गर्न अनुसन्धान केन्द्र कोसेढुंगा सावित हुन्छ: मुख्यमन्त्री राउत

जनकपुरधाम, २ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् ।

जनकपुरधामको मुजेलियामा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सुमद्घाटन गर्दै उनले यस्तो बतताएका हुन् । ‘प्रदेशका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई प्रशिक्षण दिएर प्रदेशमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ नै’ उनले भने–‘यो केन्द्र कोसेढंगा हुने विश्वास छ ।’

उनले केन्द्रलाई प्रदेशकै नमूना अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक पूर्वाधारको विस्तृत योजना तयार पार्न निर्देशन समेत दिए । ‘केन्द्र तालिम मात्र नभई मधेशका विभिन्न पक्षबारे अनुसन्धानको नीति समेत लिएको छ’ उनले भने–‘अध्ययन अनुसन्धान गर्न चाहने देशी विदेशी नागरिकको लागि समेत आकर्षणको केन्द्र बनाउने प्रदेश सरकारको योजना छ ।’

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सतार अन्सारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव कृष्ण बहादुर राउत लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस