जनप्रतिनिधिद्वारा पत्रकारमाथि दुर्व्यवहार, प्रेस मञ्चको ध्यानाकर्षण

राजविराज । प्रेस मञ्च नेपाल सप्तरीले पत्रकारमाथि भएको दुर्व्यवहार घटनाको भत्र्सना गरेको छ । मञ्चका सप्तरी अध्यक्ष वृजमान तामाङले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै कारण पत्रकारमाथि दुर्व्यवहार हुनु प्रेस स्वतन्त्रता विरोधी कार्य रहेको ठहर गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष गुलाव सिंहले समाचारको विषयलाई लिएर मिति २०८७८/१०/२९ गते शनिवार मञ्चका सप्तरी जिल्ला कार्यसमिति सदस्य समेत रहेका पत्रकार रामनाथ यादवलाई गरेको दुव्र्यवहारप्रति गम्भिर ध्यानाकर्षण छ ।’

समाचार चित्त नबुझे सम्बन्धित निकायमा उजुरी गर्नसक्ने ठाउँ हुँदाहुँदै पत्रकारमाथि अभद्र व्यवहार गर्नु प्रचलित कानून विपरित रहेको विज्ञप्तिमा उल्लेख छ । वडा अध्यक्ष लगायत कुनै पनि व्यक्तिले अब उप्रान्त यस्तो घटना नदोहो¥याउन पनि सोही विज्ञप्तिमा भनिएको छ ।

पत्रकार यादवले वडा नम्वर ७ स्थित रहेको लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालयमा अभिभावकद्वारा तालाबन्दी शिर्षकमा न्यूज टुडे दैनिक पत्रिका र न्यूज टुडे अनलाइनमा समाचार सम्प्रेषण गरेका थिए । सोही विषयलाई लिएर वडाध्यक्ष सिंहले यादवलाई दुव्र्यवहार गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस