चिरपट प्रहार गरी आफ्नै आमाको हत्या

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–४ आइतबारेमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ बर्षीय गंगा प्रसाद भण्डारी छन् ।

घरायसी विवादका कारण भण्डारीले आइतवार आफ्नै आमा ७० वर्षीया चन्द्रमाया भण्डारीमाथि चिरपट प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भीर घाइते भएकी चन्द्रमायालाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा भर्ना गरिएको थियो ।

चिरपट प्रहार गर्ने गंगाप्रसादलाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस