संसद् बैठकमा एमसीसी टेबल गर्ने तयारी

जनकपुरधाम । प्रतिनिधिसभा बैठक आज बस्दैछ । सरकारले आजको संसद् बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ ।

संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । तर सत्तासीन कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसिसी थपिने प्रतिक्रिया मंगलबार नै दिएका थिए ।

कांग्रेसको मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसिसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेको थियो । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसीसी रोक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेको भूमिका के हुन्छ स्पष्ट छैन ।

सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसीसीको विरोध गरिरहे पनि दबाबमा छन् । सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे बस्दैछ ।

एमसीसी टेबुल गर्न नहुने बताउँदै आएका सभामुख सापकोटाले पछिल्लो समय आफू रेफ्री मात्र भएको र निर्णायकको भूमिका त दलहरूकै हुने अभिव्यक्ति दिइसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस