टिपर सडकबाट ४० मिटर तल खस्योः एकको मृत्यु, तीन घाइते

उदयपुर, ४ फागुन । उदयपुरगढी गाउँपालिका–७ मा गए राति भएको टिपर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बाधखोर–कोल्टे अन्तर्गत हाडेवास चिउरीवासस्थित बालुवा गिट्टी बोकेर जाँदै गरेको स १ क १९० नम्वरको टिपरको ब्रेक फेल भएर दुर्घटना भएको हो ।

टिपर सडकबाट करिब ४० मिटर तल खस्दा चालकसहित चार जना घाइते भएका थिए । चारै जनालाई उपचारको लागि अस्पताल भर्ना गरिएकोमा उदयपुरगढी गाउँपालिका–७ कै १९ वर्षीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

दुर्घटनामा टिपरका चालक सप्तरीको कल्याणपुरका २९ वर्षीय उमेश कुमार चौधरी, उदयपुरगढीकै १७ वर्षीय युवराज खपाङगी र भरत खपाङगी गम्भीर भएका छन् । चौधरीको टाउँकोमा गम्भीर चोट लागेकोले थप उपचारको लागि विराटनगर पठाइएको प्रहरी नायव उपरीक्षक गौतमले बताए । युवराज र भरतको जिल्ला अस्पतालमा उपचार भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस