चार दलका नेता/कार्यकर्ताद्वारा नगरपालिकामा तालाबन्दी

राजविराज, ५ फागुन । सप्तरीको सप्तकोशी नगरपालिकामा बिहिवार तालाबन्दी भएको छ । सत्ता गठबन्धनका चार दलआवद्ध नेता/कार्यकर्ताले संयुक्त रुपमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा योजना, लेखा र प्राविधिक शाखामा तालाबन्दी गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका नेता/कार्यकर्ताले गत माघ २४ गते ६ बुँदे माग राखि नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए ।

आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, महालेखा नियन्त्रकका कार्यालयले देखाएको बेरुजुको विवरण तथा आन्तरिक लेखा परिक्षणको विवरण उपलब्ध गराई नगर कार्यपालिका र नगरसभाबाट पारित भएका कानूनी कार्वाही सम्बन्धी निर्णयहरुको विवरण उपलब्ध गराउनुपर्ने माग रोखका थिए ।

त्यस्तै, कोभिड नियन्त्रणका खर्च भएका सबै विवरण लगायत विपद् व्यवस्थपनमा भएका कार्य र सोमा भएका खर्च विवरण उपलब्ध गराउनुपर्ने, सडक बोर्डबाट प्राप्त भएको रकमको विवरण, नगरपालिकामा खरिद गरेका विभिन्न निर्माण तथा ढुवानीमा प्रयोग भएका उपकरणको विवरण, त्यसको उपयोगितासहित सम्पूर्ण खर्चको विवरण उपलब्ध गराउनुपर्ने लगायतका माग अघि सारेका थिए ।

ज्ञापन पत्रबाट उठाइएका मागहरु ७ दिनभित्र कार्यान्वयन नभए थप संघर्षमा जाने अल्टिमेटम समेत दिइएको थियो । सोहीअनुसार नै चार दलका नेता/कार्यकर्ताहरुले नगरपालिकामा तालाबन्दी गरेको जनाएको छ ।

उता, नगरप्रमुख उत्तमकुमार शर्माले तालाबन्दी गर्ने दलका नेता/कार्यकर्ताहरुसँग वार्ताको प्रयास भइरहेको बताए । नगर प्रमुख शर्मा नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780