प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने प्रतिष्ठान पहिलो खुड्किलोः मुख्यमन्त्री राउत

जनकपुरधाम, ५ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियान तहत मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बढेको बताएका छन् । विहिवार प्रतिष्ठानको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘यस प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानअनुसार नै पहिलो खुड्किलोको रुपमा यो प्रतिष्ठानलाई अघि बढाएका छौं’ उनले भने–‘विषम परिस्थितिमा शुरु भएको प्रतिष्ठान एक वर्षभित्रै ४ वटा विषयमा स्नात्तक शिक्षाको अध्ययन अध्यापन शुरु गर्नुकासाथै विशेष कोभिड अस्पताल संचालन र विशिष्टिकृत सेवाको संचालन गर्नु स्वागत योग्य छ ।’

प्रतिष्ठानका पदाधिकारी तथा चिकित्सकहरुको प्रयासलाई सराहना गर्दै प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले आगामी दिनमा प्रतिष्ठानलाई उद्देश्य प्राप्तिको दिसामा अघि बढाउन आवश्यक सम्पूर्ण सहयोगका निम्ति प्रदेश सरकार तयार रहेको प्रतिवद्धता समेत व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस