सप्तरीमा सडक दुर्घटना हुँदा ६ जना घाइते

राजविराज, ५ फागुन । सप्तरीमा विहिवार पिकपले मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा दुई जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका–६ जगमोहनस्थित बा ११ प ७३२१ नम्वर मोटरसाइकललाई लु २ च ७९२८ नम्वरको पिकपले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक राजविराज नगरपालिका–७ खर्सालटोलका ४५ वर्षीया सुर्यनारायण यादव र पछाडी सवार विष्णुपर गाउँपालिका–१ पर्साहीका ४० वर्षीय दिपेन्द्र यादव घाइते भएका छन् । सुर्यनारायणको खुट्टा भाँचेको छ भने दिपेन्द्रको पनि खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

दुवै उपचारको लागि युनिक अस्पतालमा भर्ना गरिएको जनाएको छ । पिकप चालक सप्तकोशी नगरपालिका–६ बुचहीका २७ वर्षीय विनोद बहादरलाई नियन्त्रणमा लिइएको छ ।

त्यस्तै, विहिबारै राजविराज–रुपनी सडकखण्ड अन्तर्गत पाँचकिलोस्थित प्र२–०१–००३ प५७९० र को ३७ प ३३३६ नम्वरको मोटरसाइकल जुधेर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका चारै जनालाई उपचारको लागि युनिक अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस