बालाजी डेन्टल क्लिनिकको वार्षिकोत्सवः उपचारमा विशेष छुट

राजविराज, ५ फागुन । सप्तरीको राजविराजस्थित बालाजी डेन्टल क्लिनिक प्रालिले उपचार सेवामा विशेष छुट दिँदै विहिवार आफ्नो वार्षिकोत्सव मनाएको छ । स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको क्लिनिकले दन्त रोग सम्बन्धी सेवामा विशेष छुट दिँदै आफ्नो वार्षिकोत्सव मनाएको हो ।

२०७७ फागुन ५ गते स्थापना भई दन्तरोग उपचारमा ख्याती कमाएको सो क्लिनिकले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।

जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, समाजसेवी एवं राजनीतिज्ञ सुनिलकुमार झालाई सम्मान गरिएको छ भने पत्रकारिताको माध्यमले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याए वापत संचारकर्मीद्वय मनोजकुमार माझी र विद्यानन्द राम समेत सम्मानित गरिएको प्रालीका संचालक डा. विवेककुमार झाले जानकारी दिए ।

प्रालीकै संचालक डा. झाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रममा समाजसेवी, राजनीतिककर्मी तथा सञ्चारकर्मीहरुलाई सम्मानित गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस