विराटनगर । प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेको प्रदेश १ सरकार सहमति जुटाउने प्रयासमा जुटेको छ । जसअनुसार प्रदेश १ सरकारले सर्वदलीय बैठकको आह्वान गरेको छ । प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठक आह्वान गरेको हो ।
उक्त बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तीनै दलहरूका प्रदेश कमिटी अध्यक्ष र सरकारका सबै मन्त्रीहरूलाई खबर गरिने संयोजक यादवले जानकारी दिए ।
मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण गर्नका लागि पहल गर्दै आएका छन् ।