‘मैथिली भाषाको संरक्षण गर्न सबैको पहल आवश्यक’

कमलकुमार मण्डल

राजविराज, ९ फागुन । सप्तरीको राजविराजमा आयोजना गरिएको एक कार्यक्रमका वक्ताहरुले मैथिली भाषाको संरक्षण गर्न सबैको सहयोग र साथको आवश्यकता रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आइतवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

मैथिली साहित्य परिषद् र मैथिल महिला परिषद्द्धारा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले मैथिली भाषाको संरक्षण गर्न सबैलाई आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । मैथिली भाषाको संरक्षण गर्न राजनितिक दल नै खडा हुर्नुपर्ने आवश्यकता महसुस भईरहेको परिषदका पूर्व अध्यक्ष विष्णु मण्डलले भने–‘कुनै पनि दलले मैथिलालाई स्थान नदिएकाले, मैथिली र मिथिलाको कल्याण हुने छैन् ।’

राज्य सत्ताको नजरमा नेपालको दोश्रो भाषा मैथिली रहेता पनि कार्यान्वयन नभएसम्म मैथिलीको अवस्था पछाडी नै रहने उनको कथन छ । सोही कार्यक्रममा मातृ भाषाको विषयमा जानकारी दिँदै परिषदका पुर्व अध्यक्ष देवेन्द्र मिश्रले विद्यालयमा पठनपाठनको रुपमा मैथिली भाषालाई प्रयोगमा ल्याउन सबैलाई पहल गर्नुपर्ने बताए ।

मैथिल महिला परिषद्को अध्यक्ष शान्ति झाको अध्यक्षता तथा वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झाको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा मैथिली साहित्य परिषद् परिषद्का पुर्व अध्यक्षद्वय विवेकानन्द मिश्र र शुभचन्द्र झा, मैथिल महिला परिषद्की आजिवन सदस्य मीना ठाकुर, पुर्व संविधान सभा सदस्य रञ्जु ठाकुर लगायतले मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा मैथिल महिला परिषद्की सल्लाहकार वन्दना मिश्रले कार्यपत्र समेत प्रस्तुत गरेकी थिइन । मैथिली साहित्य परिषद्का कार्यसमिति सदस्य जिवछ दासले कार्यक्रम सञ्चालन गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस