विज्ञान तथा प्रविधि विश्वविद्यालयका कामहरु छिटै अगाडी बढाइनेः मुख्यमन्त्री राउत

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वीरगंजमा बनाइने विज्ञान तथा प्रविधि विश्वविद्यालयका कामहरु छिटो नै अगाडी बढाइने बताएका छन् ।

सोमवार त्रि–जुद्ध उच्च माध्यमिक विद्यालय वीरगंजको भवन तथा खेलकुद मैदान निर्माण कार्यको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । ‘विश्वविद्यालय बनाउने ऐन समेत बनाइसकिएको छ र छिटो नै विज्ञान तथा प्रविधि विश्वविद्यालयका भिसी नियुक्त गरेर कामहरु अगाडी बढाइने छ’ उनले भने–‘ती कामहरुका लागि पहिलो चरणमा ८/१० करोड बजेट पनि विनियोजन भइसकेको छ ।’

सो कार्यक्रममा विरगंजका शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्ण, वडाध्यक्ष जगत साह कानु लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस