एमसीसीविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्धको रिट दर्ता गर्न अस्विकार (दरपिठ) गरेको छ ।

अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । तर, मंगलबार सर्वोच्चले रिट दरपीठ गरिदिएको हो ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार यो विषय संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले यसलाई दरपीठ गरिदिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस