नेता लाल र सिंहद्वारा लोसपा परित्याग गरेको घोषणा

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कार्यकारिणी समितिका सदस्य वृशेषचन्द्र लालले पार्टी परित्याग गरेका छन् । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै उनले सो बारे जानकारी गराएका हुन् ।

उनीसँगै तत्कालिन संविधानसभा सदस्य एवम् लोसपाका नेता डा. विजय कुमार सिंहसहित दर्जनौं नेताकार्यकर्ताहरु पार्टी परित्याग गरेको घोषणा गरे । उनीहरूले तराई मधेश लोकतान्त्रिक पार्टी (लमलोपा)मा समावेश भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेता लालले मधेश र मधेशीको मुद्दा दलहरूले छाडेका हुनाले आफूहरू सो पार्टी परित्याग गर्न बाध्य भएको बताए । फागुन १५ गते तमलोपाको राष्ट्रिय सम्मेलन गरी पार्टीका अध्यक्षमा वृशेषचन्द्र लाल र वरिष्ठ नेतामा डा. विजय कुमार सिंह चयन गरिने लालनिकट स्रोतको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस