मुलुकभर थप ४७६ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

जनकपुरधाम । मुलुकभर थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९९ तथा एन्टिजेन विधिबाट १७७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप ८३१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ९ लाख ५३ हजार ४३० जना संक्रमणमुक्त भइसकेका छन् ।

नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल मुलुकभर १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९२८ जनाले ज्यान गुमाइसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस