सप्तरी कांग्रेस सभापतिमा संस्थापन पक्षबाट यादव उम्मेदवार

जनकपुरधाम । नेपाली कांग्रेस सप्तरीको सभापतिमा संस्थापन पक्षबाट सत्रुधन यादवले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजविराजमा पत्रकार सम्मेलन गरेर यादवले आगामी फागुन १५ गते हुने अधिवेशनमा कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

क्षेत्र नम्बर १ का सभापति ललन गुप्ताले वर्तमान जिल्ला कार्य समिति सचिव रहेका यादवको नाम प्रस्ताव गरेका थिए भने सभापति पदकी आकांक्षी निर्मला यादवले समर्थन गरेकी थिइन ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य एवम् वर्तमान जिल्ला सभापति दिनेश यादव, जिल्ला उपसभापती भुवन आर्चाय, क्षेत्र नम्वर २ का सभापति महानन्द यादव, ३ का सभापति भुपेन्द्र यादव, मधेश प्रदेशका सह महामन्त्री परशुराम चौधरी, प्रदेश सभासदस्य मो.समिम, गिता यादव, संविधान सभा सदस्य डा.सुुबोध पोखरेल, सुरेन्द्र यादव लगायतको उपस्थिती थियो ।

उता, संस्थापन इतर पक्षले पनि एक/दुई दिनभित्रै उम्मेदवार घोषणा गर्ने तयारी थालेको इतर पक्षका काँग्रेसी नेताहरुले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस