अबको तीन वर्षमा फास्ट ट्रयाक सम्पन्न हुने

काठमाडौं । राष्ट्रिय गौरवको तराई मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) आयोजना आगामी तीन वर्षभित्र सम्पन्न हुने बताएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले आयोजनालाई तीव्र गतिमा अगाडि बढाएकाले २०८१ पुस मसान्तसम्म सम्पन्न हुने बताएको हो ।

राष्ट्रिय गौरवको आयोजना छिटो सम्पन्न गर्नका लागि विभिन्न ११ वटा प्याकेज बनाएर एकसाथ काम अगाडि बढाएकाले तीन वर्षभित्र नै सम्पन्न हुने लक्ष्य लिएको नेपाली सेनाले बताएको छ । तराई मधेस दु्रत मार्गका आयोजना निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले यस आर्थिक वर्षको हालसम्म आयोजनाको १६.९० प्रतिशत काम सम्पन्न भएको र यस आर्थिक वर्षको अन्तिमसम्म २१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य राखिएको बताए ।

डिजाइनको काम सम्पन्न भएको र आयोजनाको सबैभन्दा कठिन मानिएको शुरूङ मार्ग खन्ने काम अब शुरू हुने उनको भनाइ छ । मंगलबार जंगी अड्डामा आयोजित पत्रकार सम्‍मेलनमा पोखरेलले खोकनामा ४११ रोपनी जग्गा अधिग्रहण गर्ने काम हुन नसकेको बताउँदै यही वैशाखसम्म जग्गा अधिग्रहणको काम सम्पन्न नभएको अवस्थामा उक्त प्याकेजमा ठेक्का लगाउन कठिन हुने बताए । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस