विराटनगर । माेरङकाे विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर एक चिकित्सक अाज विहान मृत अवस्थामा भेटिएका छन् । सप्तरीको राजविराज नगरपालिका निवासी २८ वर्षीय डा.विजय यादव मृत अवस्थामा भेटिएका हुन् ।
विराटनगरमा बस्दै आएका उनी तीन वर्षदेखि नाेबेल अस्पतालमै अर्थोपेडिक वार्डमा कार्यरत थिए । उनी विहान नोबेल अस्पतालकै अगाडि मृत भेटिएकाे मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
घटनास्थल बारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यता, मृतकका आफन्तले चिकित्सककाे हत्या भएको भन्दै नारावाजी गरिरहेका छन्। घटनाकाे छानबिन गरी संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने उनीहरूकाे माग छ ।