स्थानीय निर्वाचनः मधेशमा सत्ता गठबन्धनको प्रदेश स्तरिय बैठक बस्दै

राजविराज । मधेश प्रदेशमा सत्ता गठबन्धनआवद्ध दलको आइतवार बैठक बस्दैछ । जनकपुरधामस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा दिउँसो १२ बजे दलको बैठक बस्दैछ ।

सो बैठक मुख्यतयाः बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा प्रदेश स्तरिय गठबन्धन गरेर जाने या के गर्ने भन्ने विषयमा नै छलफल केन्द्रित रहने जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष रामबावुकुमार यादवले मधेशलाइभलाई बताए ।

उनका अनुसार बैठकमा सत्ता गठबन्धनआवद्ध सबै पार्टीका मधेश प्रदेश अध्यक्षहरुको सहभागी रहनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस