बार एशोसिएसनको नयाँ नेतृत्व चयनका मतदान

राजविराज । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि आज सप्तरीसहित देशभर मतदान हुँदैछ । बार एशोसिएसनको २६ औं केन्द्रीय कार्य समितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभरका २५ मतदान केन्द्रबाट मतदान हुँदैछ ।

जसअनुसार सप्तरीस्थित उच्च अदालत जनकपुर, राजविराज इजलासमा तोकिएको मतदान केन्द्रमा २२९ जना मतदाताले मतदान गर्नेछन् । विहान ८ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार विभिन्न २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष पदका लागि एक जना, प्रत्येक प्रदेशबाट एक/एक जना उपाध्यक्ष, महिला उपाध्यक्षकालागि एक जना, महासचिव पदका लागि एक, कोषाध्यक्ष पदका लागि एक, दलित सदस्य, उपत्यका बाहिरबाट मधेशी/मुस्लिम सदस्य, खुल्ला मधेशी/मुश्लिम सदस्य, उपत्यका बाहिरबाट आदिवासी/जनजाती उपत्यका बाहिरबाट र खुल्ला तर्फबाट सदस्य, उपत्यका बाहिरबाट र खुल्लाबाट महिला सदस्य र उपत्यका बाहिरबाट सदस्य पदका लागि एक/एक जना तथा खुुल्ला सदस्य पदमा ६ जना निर्वाचित हुनेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस