पेट्रोलियम व्यवसायीको आन्दोलन स्थगित

 जनकपुरधाम । पेट्रोलियम व्यवसायीहरूले सार्वजनिक गरिएको विरोधका कार्यक्रमहरु स्थगित गरेका छन् ।  आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एल.पी.ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको हो ।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बीच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुंदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुंदा नं. ६ को एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोलियम पदार्थका उपभोक्ताहरुलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरु भोली आइतवार विहान ८ बजेबाट नै सञ्चालन गरिने विज्ञप्तिमा भनिएको छ । पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित बनेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस