कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराजको अधिवेशनः अध्यक्षमा देव

राजविराज । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराज नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ ।

समितिका कार्यवाहक अध्यक्ष लक्ष्मण साह सोनारको अध्यक्षता तथा राजविराज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रमका बीच अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनवाट नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराजको नयाँ कार्य समिति सर्वसम्मतले चयन गरिएको छ । कल्पना देवको अध्यक्षतामा चयन गरिएको समितिको उपाध्यक्षमा चन्दन कुमार गुप्ता, सचिवमा घगन वुढाथोकी, कोषाध्यक्षमा जयराम यादव, सह–सचिवमा रविन्द्र कुमार साह छन् ।

त्यस्तै, समितिको सदस्यहरुमा विजय मेहतर, गुरुदेव हरिजन, विजिता भट्टराई, संजिव यादव, ज्योतिस यादव, सुरेश कुमार यादव, शिला कर्ण, विजय कुमार देव, टंकज कुमार देव, मुकेश पाण्डे, श्याम कुमार दास, संतोष दास, शिव विलाश यादव र रविन्द्र कुमार यादव सर्वसम्मतले चयन भएका छन् ।

समितिको सल्लाकारहरुमा लक्ष्मण साह सोनार, शत्रुधन लाल दास, मो. आलम खान, रामकुमार यादव, श्याम कुमार पण्डित, अशोक कुमार दास र केवल दास रहेको जनाएको छ । सो अधिवेशनमा विशिष्ट अतिथीका रुपमा नगरपालिकाकी उपमेयर साधना झाको समेत उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस