आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

जनकपुरधाम । सरकारले रामनवमीको अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सूचना प्रकाशन गरी रामनवमीको अवसरमा भोलि देशभरिका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदबाट २०७८ चैत्र २६ गतेको निर्णय अनुसार उक्त विदा दिएको मन्त्रालयको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस