वीरगञ्जको मेयरमा जसपाबाट राजेशमान सिंहको नाम सिफारिस

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहको नाम सिफारिस गरेको छ । सिंह भर्खरै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेर जसपामा प्रवेश गरेका नेता हुन् । त्यसअघि उनले बालकोट पुगेर केपी शर्मा ओलीसँग भेट गरेका थिए । एमालेमा प्रवेशको तयारीमै रहेका सिंह अन्ततः जसपामा प्रवेश गरेर मेयरको उम्मेदवार बन्न लागेका हुन् ।

 

जसपाको बीरगञ्ज महानगरपालिका कमिटीको शुक्रबार बसेको बैठकले सिंहलाई मेयरमा सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए । सिंह वीरगञ्जको लोकप्रिय नेता भएकाले मेयरमा सिफरिस गरिएको यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वीरगञ्ज महानगरपालिकाको मेयर पद ०७४ सालको चुनावमा जसपाले जितेको थियो । जसपाबाट जितेका वर्तमान मेयर विजय सरावगी अहिले नेकपा एमालेमा प्रवेश गरेका छन् । सरावगी एमालेबाट मेयरका दाबेदार हुन् ।

आफू एमालेमा जान तयारी गरिरहेका बेला बीरगञ्जकै केही एमाले नेताहरुका कारण प्रवेश असम्भव भएको र उपेन्द्र यादवसँगको कुराकानीपछि जसपामा लागेको सिंहले रातोपाटीलाई बताएका छन् । आफूले वीरगञ्जको मेयर जित्ने उनको दाबी छ ।

देशभरिका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धनले केन्द्रबाटै गठबन्धन गर्ने तयारी गरिरहेको छ । यसक्रममा भरतपुर महानगरमा माओवादीले दाबी गरेको छ भने बीरगञ्ज महानगरपालिकामा जसपाले दाबी गरेको छ । काठमाडौं, ललितपुर र बिराटनगर महानगरपालिका काँग्रेसले पाउने र पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिने गरी गठबन्धनको गृहकार्य भइरहेको नेताहरुले बताएका छन् ।

यही क्रममा महानगरमा मेयरको उम्मेदवार सिफारिस गर्ने सत्ता गठबन्धनमा जसपा पहिलो दल बनेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780