बिहारमा ६० फुट लामो ५ सय टनको फलामको पुल चोरी

बीबीसी । भारतको बिहारको सासाराम जिल्लाको अमियावार गाउँमा पर्ने अर्राह नहरमा बनाइएको ६० फुट लामो एउटा फलामको पुल चोरी भएको छ । समाचार संस्था पीटीआईले प्रहरीलाई उद्धृत गर्दै आफूलाई सरकारी अधिकारी बताउने केही व्यक्तिहरूले यो चोरी गरेको जनाएको छ ।

सो पुलको वजन ५०० टन रहेको थियो र त्यसको निर्माण सन् १९७२ मा गरिएको थियो । न्यूज एजेन्सी एएनआईसँग कुरा गर्दै सासारामका प्रहरी उपरीक्षक आशीष भारतीले भने, ‘त्यो पुल सिँचाई विभागको थियो र त्यो उपयोगमा आएको थिएन ।’

सिँचाई विभागबाट आएको पुल फेरी विभागले नै लिएर जान लागेको होला भनेर गाउँका मानिसहरूले पनि प्रहरीमा सूचना नदिएको बताइएको छ ।

प्रहरीले सो घटनाबारे अनुसन्धान थालेको छ । सोहीअनुसार जिल्लामा त्यस्ता सामानहरूको किनबेच गर्ने विक्रेताहरूलाई सचेत गराइएको प्रहरीले जनाएको छ ।

बिहार विधानसभामा विपक्षका नेता रहेका तेजस्वी यादवले सो विषयमा नितिश कुमारको सरकारप्रति आक्रोश व्यक्त गरे । उनले ट्विटरमा लेखेका छन्, ‘४५ वर्ष पुरानो ५०० टन पुललाई १७ वर्षको भाजपा–नीतिश सरकारले दिनदहाडै लुटाइदियो ।’

‘चोर ग्यास कटर, जेसीबी र सयौँ मजदुरहरूसँगै आए र पुललाई उखालेर लिएर गए। चोर जनादेश चोरीबाट बनेको एनडीए सरकारबाट प्रेरित छन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस