आचारसंहिता उल्लंघन गर्ने जो कोहीमाथि कारवाही हुन्छ : निर्वाचन अयोग

बुटवल । निर्वाचन आयोगले जो कोहीलाई पनि निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताएको छ । रुपन्देहीका सञ्चारकर्मीहरूसँग शनिबार आयोजित अभिमुखीकरणमा आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही हुने चेतावनी समेत दिएको छ ।

आचारसंहिता प्रधानमन्त्रीदेखि आम नागरिकसम्म सबैले पालना गर्नुपर्ने र कहीं कतैबाट उल्लंघन भए कारवाही हुने आयोगको कथन छ । आचारसंहिता उल्लंघन भए त्यसबारे जानकारी गराउन र आचारसंहिता पालनामा सचेत गराउन पनि आयोगले सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले निर्वाचन आचारसंहिता कसैले पनि उल्लंघन गर्न नहुने बताए । पत्रकारिता क्षेत्रले पनि आचारसंहिता पालना गर्नुपर्नेमा पनि जोड दिँदै उनले सुरक्षा निकाय जस्तैं सञ्चार माध्यमको भूमिका पनि महत्वपूर्ण रहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस